प्राधिकरणबाट एकीकृत निर्देशिका तयार पार्ने काम भइरहेको छ : अध्यक्ष ओझा « Khabarhub

प्राधिकरणबाट एकीकृत निर्देशिका तयार पार्ने काम भइरहेको छ : अध्यक्ष ओझा


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले एकीकृत निर्देशिका तयार पार्ने काम भइरहेको जानकारी दिएका छन् ।  

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओझाले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरूलाई एकीकृत निर्देशिकाका रूपमा ल्याउन लागिएको जानकारी दिएका हुन् ।

उनले बीमा क्षेत्रलाई सहज गर्न प्राधिकरणले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए । ओझाले बीमा कम्पनीले आफ्नो आन्तरिक सुशासन र स्वनियमन कायम राख्नुपर्ने भन्दै प्राधिकरणले आवश्यक नियामकीय हस्तक्षेप गर्ने स्पष्ट पारे ।  

बीमा क्षेत्रले राष्ट्रलाई पुराउन सक्ने योगदानलाई ध्यानमा राखेर प्राधिकरणले काम गर्ने उनको भनाइ छ ।  

उनले यस क्षेत्रको सुधारका लागि बीमक संस्थाहरू, मध्यस्थतकर्तालगायत सरोकार निकायसँग निरन्तर छलफल र सुझाव लिने काम भइरहेको जिकिर गरे। 

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  १२ : ३० बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको