Live on
Your Voice, Your Power
काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर- ३ बाट प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गरेका छन्। आज उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता कार्यक्रममा पार्टीका कार्यकर्ताहरूको उपस्थिती रहेको थियो।