समाचार « Khabarhub

पर्यटनमन्त्रीलाई सांसद बजगाईँका आरोपै आरोप, कारबाही गर्न पार्टीमा निवेदन

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि कारबाहीको माग गरेका छन् । उनले लिखित पत्रमार्फत पार्टीको केन्द्रीय अनुशासन समितिसँग पार्टीका सहमहामन्त्रीसमेत रहेका मन्त्री पाण्डेमाथि कारबाहीको माग गरेका हुन् ।  सांसद बजगाईंले मन्त्री पाण्डेमाथि संविधान र पार्टी सिद्धान्तको उल्लङ्घन गरेको, पार्टी विधानको उल्लङ्घन गरेको र राष्ट्र र लोकतन्त्रप्रति गैर जिम्मेवार अभिव्यक्ति दिएको…