समाचार Archives | Page 2922 of 8640 | Khabarhub Khabarhub

बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

झापा– नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । झापाको गौरदह नगरपालिका–९ झमकचौक बस्ने १९ वर्षीय विवेक अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।