Live on
Your Voice, Your Power
धनगढी– कैलालीको गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापतीको मृत्यु भएको हो। उनको घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रममा माटोको ढिस्कोमा च्यापिएर मृत्यु भएको हो। सिजापतीको पोष्टमाटम गरि शव उनका आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए।…