Live on
Your Voice, Your Power
काठमाडौँ– भारतमा भएको १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलमा नेपालले ‘फेयर प्ले’ अवार्ड प्राप्त गरेको छ । साफ च्याम्पियनसिपको समापन समारोहमा नेपालका रेफ्री प्रज्वल क्षेत्रीले अवार्ड लिएका थिए । नेपाल साफ च्याम्पियनसिप प्रतियोगिताको समूह चरणबाट बाहिरिएको थियो । प्रतियोगितामा नेपला कुवेत र भारतसँग पराजित भएको थियो भने पाकिस्तानलाई पराजित गरेको थियो ।