समाचार « Khabarhub

बालसुधार गृहबाट भागेका ८४ जना पक्राउ

काठमाडौँ- भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन् । विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरूलाई  सुधारगृहमा राखिएको थियो । बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका एक युवकको आइतबार सुधार गृहमा मृत्यु भएपछि तनाव भएको थियो । उनको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए ।…