समाचार « Khabarhub

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– पूर्व–पश्चिम राजमार्गस्थित कञ्चनपुरको महेन्द्रनगर–सुडा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नरेश विकका अनुसार गएराति महेन्द्रनगरबाट दैजीतर्फ गइरहेको से१त २२६८ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा मोटरसाइकल चालक २७ वर्षीय सञ्जीव चौधरीको मृत्यु भएको हो । दैजीतर्फ गइरहेको ट्रयाक्टरमा सोही दिशातर्फ गइरहेको सुप प्र ०२००३ प ६९७०…