समाचार « Khabarhub

पाकिस्तानमा शक्तिशाली बम विस्फोट, ३९ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लामा शक्तिशाली बम विस्फोट भएको छ । एक कट्टरपन्थी इस्लामिक जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा ३९ जनाको मृत्यु भएको छ, भने दर्जनौँ घाइते भएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा उक्त पार्टीको स्थानीय एक नेताको पनि मृत्यु भएको छ…