Live on
Your Voice, Your Power
काठमाडौं – सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लोसभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच आज शिष्टाचार भेट भएको छ । नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेका अध्यक्ष बट्टिमरसँग सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र संसदीय अनुभव आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो । भेटमा सभामुख घिमिरेले नेपाल र आयरल्याण्डबीचको संसदीय सम्बन्ध अझ मजबुत…