समाचार « Khabarhub

रास्वपाको सचिवालय बैठक जारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसिरहेको छ ।  पार्टी कार्यालयमा जारी बैठकमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र सङ्क्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाइएको हो। आइतबार बिहानैदेखि पार्टी सचिवालयको बैठक जारी रहेको महामन्त्री मुकुल ढकालले बताए ।