Live on
Your Voice, Your Power
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गरेका छन् । आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्रीलाई भेट गरेका हुन् । सो क्रममा माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबीच गहन छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।…