Live on
Your Voice, Your Power
काठमाडौँ - निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा जलपान कार्यक्रमको आयोजना गर्दैछ। दिउँसो साढे १ बजे आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको छ। आयोगले आइतबार समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको थियो।