समाचार « Khabarhub

सर्पको टोकाइबाट एक जनाको मृत्यु

बाजुरा- यहाँको त्रिवेणी नगरपालिका–२ चौसाला एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ ।  स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिए ।  उनकाअनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो ।