समाचार « Khabarhub

रविलाई न्याय दिनुपर्ने भन्दै एक युवकद्वारा आत्मदाहको प्रयास

जुम्ला–  जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै उनले आत्मदाहको प्रयास गरेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत रहेका ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेपछि प्रहरीले उद्धार गरेको छ ।