समाचार « Khabarhub

प्रतिनिधिसभामा राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र बहादुर शाही नियु्क्त भएका छन् । राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रतिनिधिसभातर्फको प्रमुख सचेतकको रुपमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रतिनिधिसभाको बैठकमा पार्टीको धारणा राख्नका लागि नेता चुन्ने गरिन्छ।