Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँको लैनचौरस्थित केशरमहलस्थित सडकमा कारको ठक्करबाट ज्यान गुमाउनेको पैदलयात्रु पहिचान खुलेको छ। मंगलबार अपराह्न भएको दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक ३४ वर्षीय शेख साखिर रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनी १० वर्षदेखि नेपालमा रहेको र घर निर्माणको काम गर्ने व्यक्ति भएको खुलेको छ। उनी काठमाडौँको धोवीचौरमा…