समाचार « Khabarhub

संघीय संसद्को बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ- सरकारले संघीय संसद्को बजेट अधिवेशन २४ वैशाखमा बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा संघीय संसद्को बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । पाँच दिनअघि १५ वैशाखमा संसद्को हिउँदे अधिवेशन अन्त्य गरिएको थियो ।