समाचार « Khabarhub

खगेन्द्रको हाम्रो पार्टी नेपाललाई दल दर्ताको प्रमाणपत्र  (तस्बिरहरू)

काठमाडौं- खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। सोमबार मध्याह्न निर्वाचन आयोगमा बाजागाजासहित पुगेर सुनारसहितले पार्टी दर्ता पत्र लिएका हुन् । उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए भने आज आधिकारिकता प्रमाण पत्र लिएका हुन्। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी