समाचार « Khabarhub

अमेरिकाको आकाशमा उडेको अर्को शंकास्पद वस्तु पनि खसालियो

काठमाडौँ - अमेरिकाले आफ्नो आकाशमा देखिएको अर्को शंकास्पद वस्तु खसालेको छ। राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले अलास्का राज्यको आकाशमा उडिरहेको वस्तु लडाकु विमानको प्रयोगबाट खसालेको बताएका हुन्। केही दिनअघि मानवरहित चिनियाँ बेलुन खसालेको अमेरिकाले यो वस्तुबारे केही बताइएको छैन।