Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघदेखि सुरु गर्ने भएको छ । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार २६ माघदेखि ५ फागुनसम्म प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने छ । सो बैठकले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्नेछ ।