समाचार « Khabarhub

धुलियाबिट-भेडाबारी सडक निर्माणको काम सुस्त 

सुर्खेत– मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाबिट-भेडाबारी सडकको २५ प्रतिशत काम भएको छ । करिब डेढ वर्षअघिदेखि सुरु भएको सो सडक निर्माणको काम अहिलेसम्म २५ प्रतिशत मात्र कार्यप्रगति भएको हो। सुर्खेतको धुलियाबिट-भेडाबारी सडकखण्ड ३५ किलोमिटर रहेको छ। यो सडकखण्डमा भ्याटसहित एक अर्ब तीन करोड रुपियाँमा काम सम्पन्न गर्नेगरी कालिका केएस वेदान्सी जेभीले ठेक्का सम्झौता गरेको छ।…