समाचार Archives | Page 5688 of 8505 | Khabarhub Khabarhub

चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द

काठमाडौँ– सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन फेरि बन्द भएको छ। यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अत्यधिक चाप भएकाले आवेदन बन्द गरिएको जनाएको छ। प्रणालीमा चाप व्यवस्थापनपछि फेरि अनलाइन आवेदन खुला हुने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन्। कोरोनाका कारण गत वैशाख १६ गते बन्द भएको आवेदन असोज ८ गते खुलेको थियो।