समाचार « Khabarhub

राउटे बस्तीमा दसैंको चटारो

दैलेख - दसैंको रौनकले राउटे बस्तीलाई छाएको छ। उनीहरुले सो पर्वको भव्य तयारीमा जुटेका छन्। फिरन्ते जीवन बिताउँदै आएका उनीहरु जाजरकोटदेखि आएर दैलेखको भगवतीमाई–१ मनघर बायुतडा लेकमा एक महिनादेखि बस्दै आएका थिए। अहिले सोही गाउँपालिकाको वडा नं १ बेँसीमा पर्ने बेस्तडा बजार नजिकै जङ्गलमा सरेका छन्। लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको उनीहरुको भनाइ छ।…