समाचार « Khabarhub

डेङ्गु नियन्त्रणका लागि तारकेश्वरका चार अभियान सञ्चालन

काठमाडौँ - काठमाडौँको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ। नगरपालिकाभित्र दिनानुदिन डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो। नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेङ्गु नियन्त्रणका लागि नगरपालिकाले जनचेतना, लामखुट्टे नियन्त्रण, डेङ्गुको परीक्षण र उपचारलाई सँगसँगै अगाडि बढाएको जानकारी दिए। उहाँका अनुसार तारकेश्वरको फुटुङ, काभ्रेस्थली, नेपालटार,…