समाचार « Khabarhub

सभामुख अर्याल र अध्यक्ष दाहालबीच पहिलो औपचारिक भेटवार्ता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। सभामुखमा निर्वाचित भएपछि अर्याल र दाहालबीच यो पहिलो औपचारिक भेटवार्ता हो। भेटका क्रममा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। चैत २२ गते अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए ।