समाचार « Khabarhub

दार्चुलामा पहिरोले सडक अवरुद्ध

काठमाडौँ - दार्चुलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ । दार्चुलाको महाकाली नगरपालिका–७ धापस्थित दार्चुला गोकुलेश्वर सडक-खण्डमा वर्षाका कारण शुक्रबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । प्रहरी चौकी धापबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।