Live on
Your Voice, Your Power
काठमाडौँ - ओन्स जाबेरलाई हराउँदै काजकिस्तानकी इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छन् । शनिबार भएको फाइनलमा राइबाकिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई ३-६,६-२, ६-२ ले पराजित गरिन् । २३ वर्षीय राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो। राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेकी छन् ।