Live on
Your Voice, Your Power
जनकपुरधाम- सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । शनिबार राति काठमाडौँमा उपचारका क्रममा ७० वर्षीय बर्माको निधन भएको हो । अध्यक्ष बर्मा विगत लामो समयदेखि क्षयरोगबाट पीडित थिए । असार १४ मा मेडिसिटी हस्पितालमा भर्ना भएका उनको उपचारकै क्रममा शनिबार राति १२ बजे निधन भएको गाउँपालिकाकी उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन् ।…