समाचार « Khabarhub

संसद् बैठक जारी, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

काठमाडौं- प्रतिनिधिसभाको बैठक शुक्रबार पनि जारी छ । मंगलबारबाट सुरु भएको संसद्को ११ औँ अधिवेशनको शुक्रबार चौथो बैठक बसिरहेको छ ।  उक्त प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।  बुधबारबाट सुरु भएको सो छलफल शुक्रबार पनि चलेको हो…