समाचार « Khabarhub

मधेस प्रदेशसभाको बैठक दिउँसो ३ बजे बस्ने

काठमाडौँ - मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्दैछ। प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्नेछ । आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिएका छन्।