Live on
Your Voice, Your Power
काठमाडौं- शंखरापुर नगरपालिका-५ पालुवारीस्थित सडकमा बा.६५ प ७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ बस्ने ५५ वर्षीय लक्ष्मण चित्रकारको मृत्यु भएको छ । बुधबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।