Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गरेको छ। उनीहरूले हिजो पेश गरेको प्रतिवेदन हलले आज पारित गरेको हो । महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका थिए । यससँगै आजका लागि बन्दसत्र सकिएको छ ।