समाचार « Khabarhub

पाँचखालको ‘जियोफिजिकल सर्भे’ प्रतिवेदन बेलायतबाट आइपुग्यो

काभ्रेपलाञ्चोक– एक वर्षअघि पुरातत्व विभागले बेलायती विज्ञ समूहद्वारा पाँचखाल नगरपालिकास्थित पुरातत्व स्थलमा गरिएको ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण)को प्रतिवेदन नेपाल आइपुगेको छ । सर्भे गरिएको तीन महिनापछि प्रतिवेदन आउने जनाइए पनि कोरोना महामारीलगायत विभिन्न कारणले नौ महिनापछि मात्र आएको हो । बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित विभिन्न स्थानमा गत साल फागुनमा गरिएको सर्भेमा…