समाचार « Khabarhub

दाङको घोराहीमा फोहरबाट ग्यास उत्पादन : घरघरसम्म पुर्‍याउने योजना

दाङ - घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरुआत गरिएको छ। नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ। प्लान्ट व्यवस्थापक हरिशरण श्रेष्ठले भने, ‘अहिले फोहर कम राखिएको छ। यसले गर्दा ग्यास उत्पादन कम भएको हो। केही समयपछि फोहर धेरै राखेर उत्पादनलाई वृद्धि गरिने छ।’…