Live on
Your Voice, Your Power
काठमाडौँ- सरकारले आज सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष भाइटीकाको भोलिपल्टबाट लाग्ने सरकारी कार्यालय आज सार्वजनिक बिदा परेकाले खुल्ने छैनन् । नेवार समुदायका केही समूहले आज पनि (किजापूजा) भाइटीका लगाउने भएकाले सरकारले सार्वजनिक बिदा दिएको हो । आज बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका (किजापूजा) लगाउँदैछन् ।