समाचार « Khabarhub

राखेपले मंगलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया गर्दै

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी मंगलबार 'खेलकुदसँग प्रधानमन्त्री' अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । राखेपले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ : ०० बजे उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो । कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले खेलाडी, प्रशिक्षक र खेलकर्मीसँग उक्त अन्तरक्रिया गर्ने राखेपले आज एक सूचना जारी गर्दै जानकारी गराएको छ ।…