Live on
Your Voice, Your Power
म्याग्दी- म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका पहिरो पीडितलाई युवा र विद्यार्थीले श्रमशिविर सञ्चालन गरेर आश्रयस्थल बनाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा सङ्घ र अनेरास्ववीयू म्याग्दीको टोलीले युवा र विद्यार्थी परिचालन गरेर आश्रयस्थल बनाएका हुन् । ६३ परिवारका लागि ५१ वटा जस्तापाटाले छाएको टहरा बनाएको राष्ट्रिय युवा सङ्घका नेता शिशिर शाहीले जानकारी दिए…