समाचार « Khabarhub

प्रहरीको भ्यानले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ– प्रहरीको भ्यानको ठक्करबाट दाङमा एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका–२ लालमटियामा बिहीबार राति प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार भे १ प ८४२२ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीको लुअच ५३३४ नम्बरको भ्यानले ठक्कर दिएको…