छात्राको शंकास्पद मृत्यु : परिवारद्वारा छानविनको माग | Khabarhub Khabarhub

छात्राको शंकास्पद मृत्यु : परिवारद्वारा छानविनको माग


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– अध्ययनका क्रममा दमकमा रहेकी ईलामकी एक छात्राको शंकास्पद मृत्यु भएको भन्दै परिवारले प्रहरीमा जाहेरी दिएको छ ।

ईलामको देउमाई ४ की सेजल कोईराला बुधबार साँझ शौचालयमा अचेत अवस्थामा भेटिएकी थिइन् । उनलाई तत्कालै अस्पताल पुर्‍याइए पनि बचाउन सकिएको थिएन ।

छोरीको स्वभाविक मृत्यु नभएको र घटना शंकास्पद रहेको भन्दै छानविन गर्न बुवा सरोज कोईरालाले ईलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएका छन् । सेजल दमकमा बसेर रेडियोलोजी अध्ययन्रत थिईन् ।

यस्तो थियो घटना 
सेजल झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो बर्षमा अध्ययनरत थिईन् । दमक – ५ स्थित एक घरमा भाडाको फ्ल्याटमा बसेर अध्ययन गर्दै आएकी उनको रहस्यमयी मृत्यु भएको परिवारको दाबी छ ।

उनलाई बुधबार बेलुकी करीब ५ बजे साथीले मोवाइलमा सम्पर्क गरेका थिए । उनको मोवाइल नउठेपछि साथीहरु कोठामा पुग्दा उनलाई शौचालयमा बेहोस अवस्थामा भेटेका प्रहरी नायव उपरिक्षक नवराज कार्कीले बताए ।

अचेत अवस्थामा रहेकी उनलाई साथीहरुले नै तत्काल लाइफलाइन अस्पताल ल्याए पनि बचाउन सकेनन् ।

इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज प्रहरी नायव उपरीक्षक नवराज कार्कीका अनुसार कोइरालाको शव पोस्टमार्टमका लागि धरान पठाएको छ । प्रहरीले सेजलाको मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ ।

उनको पोस्टमार्टमका लागि वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भएको जनाएको छ ।

रिपोर्टको पखाईमा प्रहरी
प्रहरीले विद्यार्थी सेजलको घटनाको विषयमा अनुसन्धान शुरु गरिसकेको जनाएको छ । शव परीक्षणका लागि पठाईएको र रिपोर्ट आए पछि घटनाका बारेमा थप सत्य तथ्य थाह पाउन सजिलो हुने प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

परिवारले भने घट्ना स्वभाविक मृत्यु नभई हत्या भएको दाबी गरेको छ । घट्ना संलग्न भएको आशंका गरिएका व्यक्तिहरुको नामनै उल्लेख गरी जाहेरी दिएकाले मसिनो ढंगबाट अनुसन्धान जरुरी रहेको मृतकका एक आफन्तले बताएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  १२ : १७ बजे

काठमाडौं महानगरको कार्यालय समय बिहान ९ बजेदेखि

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको

धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द

जनकपुर– आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०-८१ को

वेस्टइण्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितको अर्धशतक

काठमाडौं – वेस्टइन्डिज ‘ए’ विरुद्ध दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेपाली

परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल

ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ?

काठमाडौं । नेपालले सन्‌ २०३५ भित्र कम्तिमा २८ हजार ५००