समाचार « Khabarhub

यात्रुसँग बढी भाडा लिने दुई पक्राउ

काठमाडौँ– यात्रुसँग तोकिएको भन्दा तीन गुणासम्म बढी भाडा लिने दुई जनालाई प्रहरीले काठमाडौँको कलङ्की र नयाँ बसपार्कबाट पक्राउ गरेको छ । उनीहरुले उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिर जाने यात्रुबाट बढी भाडा लिएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए…