Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका अवसर खोज्न आह्वान गरेका छन्। नेपाल सरकारले वैदेशिक लगानीका लागि हरसम्भव सहयोग, सहजीकरण र सुरक्षा प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन् । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आयोजित जापानी व्यापारिक समुदायसँगको अन्तरक्रियात्मक कार्यक्रममा सम्बोधन गर्दै…