Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिकास्थित एक स्टिकर गोदाममा आगलागी भएको छ । नागार्जुन– ३ बाफलस्थित राजेन्द्र उदासले सञ्चालन गरेको मेडल तथा स्टिकर गोदाममा विद्युत सर्ट भएर आइतबार बिहान साढे ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलले दुईवटा दमकल प्रयोग गरी करिब डेढ घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिएका थिए…