समाचार « Khabarhub

भारतले दियो नेपाली सेनालाई १० आईसीयू भेन्टीलेटर

काठमाडौं– भारत सरकारले नेपाली सेनालाई १० वटा आईसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ । विद्यमान विश्वव्यापी महामारी कोभिड–१९ विरुद्घ लड्न सहयोग पुर्‍याउने उद्देश्यले नेपाली सेनालाई १० वटा आईसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको हो । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका सेनापति पूर्णचन्द्र थापालाई उपहारस्वरुप वितरण गरिएका आईसीयू हस्तान्तरण गरेका छन् ।…