समाचार « Khabarhub

नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने भारतको योजना

काठमाडौँ– भारतले नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने योजना बनाएको छ । छिमेकी मुलुकहरुलाई दुई करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने योजना बनाएर भारत सरकारले काम अघि सारेको टाइम्स अफ इन्डियाले जनाएको छ । भारतले नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, सेचेलेस र मौरिससमा खोप पठाउने तयारी गरेको हो । भारतको योजनाअनुसार…