समाचार Archives | Page 8296 of 8644 | Khabarhub Khabarhub

खोटाङमा बस दुर्घटना हुँदा १२ जना घाइते

खोटाङ–खोटाङको सदरमुकाम दिक्तेलबाट मोरङको विराटनगर जाँदै गरेको यात्रु बस दुर्घटनामा परेको छ । को १ ख ६३२० नम्बरको बस खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० कामीडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी १२ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल खोटाङ लगिँदै गरेको जनाइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।