समाचार « Khabarhub

रुपन्देहीमा कोरोना संक्रमित वृद्धको मृत्यु

काठमाडौं- कोरोना विशेष अस्पताल रुपन्देहीको सघन उपचार कक्षमा उपचाररत एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाका ८० वर्षीय वृद्ध रहेका अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । उनलाई मधुमेह, दम, ज्वरो र उच्च रक्तचापको समस्या रहेको थियो । उनीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।