समाचार « Khabarhub

यात्रु बस सडकबाट खेतमा पुग्यो, १३ जना घाइते

बन्दीपुर– पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–५ ढावमा यात्रु बस दुर्घटनामा परेको छ । नारायणगढबाट बेनीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । बा ४ ख ५९८८ नं को बस दुर्घटनामा परि घाइते भएकाहरुको डुम्रे बजारस्थित लक्ष्मी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बस सडकसँग जोडिएको खेतको गह्रामा पुगेको थियो ।