समाचार « Khabarhub

मिर्गौलाको थप उपचारका लागि प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला सम्बन्धी थप उपचारका लागि आज शनिवार ग्रान्डी अस्पताल पुगेका छन् । आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्री ओलीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकलाई समेत जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीलाई डाक्टरले मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नका लागि शनिबार अस्पताल बोलाएको थियो । कात्तिक १२ र १३ गते डायलासिस गर्दा ओलीको मिर्गौलामा स्टेन्ट राखिएको थियो ।…