Live on
Your Voice, Your Power
काठमाडौं – कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीलाई नेपाल प्रहरीले रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ। शुक्रबार सम्पन्न बढुवा सिफारिस समितिको बैठकले डीआईजी कार्कीलाई पहिलो स्थानमा राखेर एआईजी पदमा बढुवा गर्न सिफारिस गरेको हो। यसअघि, काठमाडौं उपत्यकाका प्रमुख दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएपछि एआईजीको पद रिक्त भएको थियो।